६ बैशाख २०८१, बिहीबार 1713449559
Banner

गठबन्धनले मुलुकमा वैदेशिक चलखेल निम्त्यायो : एमाले महासचिव पोखरेल

पोखरा – नेकपा एमालेका महासचिव शंकर पोखरेलले सत्तारुढ गठबन्धनले मुलुकमा वैदेशिक चलखेल निम्त्याएको आरोप लगाउनु भएको छ।

महासचिव पोखरेलले सत्तारूढ गठबन्धनले मुलुकमा नीतिगत विचलन, विभिन्न स्वार्थहरुको सौदावाजी, राजनीतिक अस्थिरता र वैदेशिक चलखेल निम्त्याएको आरोप लगाउनु भएको हो ।

आज पोखरामा आयोजित पत्रकार भेटघाट कार्यक्रममा बोल्दै महासचिव पोखरेलले मुलुकको स्वाधिनता, स्वाभिमान, विकास, समृद्धि र परिवर्तनको जनआकांक्षा सम्बोधन गर्ने काम सत्तारुढ गठबन्धन सरकारबाट सम्भव नभएको बताउनु भयो ।

महासचिव पोखरेलले भन्नुभयो, ‘आज गठबन्धनले नीतिगत विचलन, स्वार्थहरुको सौदावाजी, राजनीतिक अस्थिरता र वैदेशिक चलखेल निम्त्याएको छ। यो मुलुकको स्वाधिनता, स्वाभिमान, विकास, समृद्धि र परिवर्तनकारी आकांक्षाका लागि बाधक छ भन्ने कुरालाई हामीले बुझ्न जरुरी छ । अब मुलुकलाई समृद्धिको बाटोमा लैजाने हो भने राजनीतिक धुब्रीकारण अनिवार्य छ। अब मुलुकमा धेरै राजनीतिक दल आवश्यक छैन।’