८ बैशाख २०८१, शनिबार 1713610801
Banner

मोदीसँग के कारणले भेट भएन मैले थाहा पाएको छैन : अध्यक्ष प्रचण्ड

काठमाडौं । नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्ड भारतको तीन दिने भ्रमण सकेर आज स्वदेश फर्किएका छन् । अध्यक्ष प्रचण्डले भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीसँगको भेट अन्तिम समयमा रद्द भएको स्वीकार गरेका छन् ।

उनले भेटवार्ता के कारणले हुन सकेन भनेर आफूलाई पनि एकीन थाहा नभएको बताए ।

भारत भ्रमण सकेर स्वदेश फर्किने क्रममा आइतबार त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा सञ्चारकर्मीहरूसँग कुराकानी गर्दै प्रचण्डले मोदीसँग भेट हुन नसकेपनि आफूलाई कुनै टेन्सन नभएको बताए । ‘के कारणले भेट भएन मैले पनि तपाईँहरुले जस्तै थाहा पाएको छैन । मलाई भेट भएन भनेर कुनै टेन्सन पनि भएको छैन’, सञ्चारकर्मीहरूसँग प्रचण्डले भने, ‘भेटेको भए त्यही फोटो खिच्ने कुरा त हुन्थ्यो होला त्यो भन्दा बढी हुँदैनथ्यो । मोदीसँग भेट नभएपनि भारत भ्रमणका क्रममा विदेशमन्त्री, भाजपाका अध्यक्षसहितका शीर्ष तहमा भएको भेटवार्ता फलदायी भएको उनले बताए ।