२५ माघ २०७९, बुधबार 1675885610
Banner

उपसभामुखले लिनुभयो पद तथा गोपनीयताको सपथ

काठमाडौं । प्रतिनिधिसभाकी उपसभामुख पुष्पा भुसाल गौतमले सपथ ग्रहण गर्नुभएको छ । 

शीतल निवासमा आयोजित विशेष समारोहबीच राष्ट्रपति विद्यादेवी भण्डारीको उपस्थितिमा सभामुख अग्निप्रसाद सापकोटाले भुसाललाई पद तथा गोपनीयताको सपथ गराउनुभयो ।

सपथ ग्रहण कार्यक्रममा उपराष्ट्रपति नन्दबहादुर पुन,प्रधानमन्त्री शेरबहादुर देउवा,राष्ट्रिय सभाका  अध्यक्ष गणेश प्रसाद तिमल्सिनाको उपस्थिति रहेको थियो ।