२५ माघ २०७९, बुधबार 1675883597
Banner

एक बर्षमा त्रिभुवन विमानस्थलबाट ४८० किलो सुन बरामद

काठमाडौं – त्रिभुवन विमानस्थल भन्सारले एक बर्षमा त्रिभुवन विमानस्थलबाट ४८० किलो सुन बरामद बरामद गरेको छ ।

नयाँ आर्थिक वर्षको पहिलो दिन विमानस्थल भन्सार कार्यालयले आर्थिक वर्ष २०७८/७९ को विवरण सार्वजनिक गर्दै ३ अर्ब ८० करोड रुपैयाँ बराबरको सुन एयरपोर्टमा नियन्त्रणमा लिइएको जानकारी दिएको हो । भन्सार कार्यालयअनुसार बरामद सुनबाट ४५ करोड ५८ लाख अतिरिक्त राजस्व पनि संकलन भएको छ । ७ महिनामै यस्तो तथ्यांक सार्वजनिक गरेको हो ।

विमानस्थल भन्सार कार्यालयका प्रमुख प्रशासक महेश भट्टराईकाअनुसार यस अवधिमा यात्रुहरुबाट ४८० किलो अवैध सुन बरामद भएको छ । १३ मंसिरदेखि सुरु गरिएको यस्तो कडाइका क्रममा सुरुवाती दिनमा दैनिक २१ किलोसम्म सुन बरामद हुने गरेकोमा अहिले दैनिक एक किलो हाराहारीमा झरेको भट्टराईले बताउनु भयो ।

कानुनतः विदेशबाट नेपाल आउने यात्रुले आफ्नो साथमा अधिकतम १०० ग्रामसम्म काँचो सुन भन्सार राजस्व तिरेर ल्याउन पाउने व्यवस्था छ । सुनको गहनाको हकमा अधिकतम २५० ग्रामसम्म साथमा लगाएर आउन पाइने कानुनी व्यवस्था छ । जसमध्ये पहिलो ५० ग्रामसम्मको गहनामा राजस्व छुट सुविधा उपलब्ध हुन्छ भने सो भन्दा बढी २०० ग्रामसम्मको गहनाको हकमा भन्सार राजस्व तिरेर मात्र ल्याउन पाइन्छ ।

१०० ग्राम भन्दा बढी काँचो सुन र २५० ग्राम भन्दा बढी सुनका गहना ल्याएको हकमा त्यस्तो सुन तथा सुनका गहना जफत गरी भन्सार कानुन बमोजिम कारबाही गर्ने व्यवस्था छ ।