८ बैशाख २०८१, शनिबार 1713635673
शिक्षा /स्वास्थ्य

आजदेखि जडीबुटी बिमा लागु हुने

काठमाडौं । साउन महिनादेखि लागु हुनेगरी बिमा समितिले कृषि, पशुपक्षी तथा जडीबुटी बिमा निर्देशिका, २०७९ जारी गरेको छ । यसअघि जारी भएको बिमा निर्देशिका २०७७ भने खारेजी भएको बिमा समितिका कार्यकारी निर्देशक एवं प्रवक्ता राजुरमण पौडेलले जानकारी दिए । 

नेपाल सरकारले आर्थिक वर्ष २०७९/८० को बजेटमा जडीबुटी खेतीको बिमा गर्ने व्यवस्था गरिने उल्लेख गरेअनुसार समितिले जडीबुटीलाई समेत समावेश गरी सो निर्देशिका जारी गरेको हो । 
   
निर्देशिकामा बिमा कम्पनीले आफूलाई तोकिएको जिल्लामा कृषि, पशुपक्षी तथा जडीबुटीको बिमा व्यवसाय गर्नुपर्ने, जिल्लास्थित कृषि ज्ञानकेन्द्र वा कृषि तथा पशुसेवा कार्यालय नजिकको स्थानमा बीमकले शाखा कार्यालय खोल्नुपर्ने, बीमक आफैंले तयार गरी समितिको स्वीकृतिमा जारी गरेको बीमा लेखको हकमा तथा अनुदान प्राप्त नहुने बिमा लेखको हकमा छोटो अवधिका लागि बीमा लेख जारी गर्न सक्ने र कृषि, पशुपक्षी तथा जडीबुटी बिमा सामूहिकरुपमा गर्न सकिने व्यवस्था रहेको छ । रासस