८ बैशाख २०८१, शनिबार 1713642869
Banner

२०५ जना नयाँ कोरोना संक्रमित थपिए

काठमाडौं । काठमाडौं – पछिल्लो २४ घण्टामा २०५ जनामा कोरोना भाइरस संक्रमण पुष्टि भएको छ ।

स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार ३ हजार ९० परीक्षणमा २०५ जनामा संक्रमण पुष्टि भएको हो ।

१ हजार १९९ पीसीआर परीक्षणमा १५२ जना र १ हजार ८९१ एन्टिजेन परीक्षणमा ५३ जनामा संक्रमण पुष्टि भएको मन्त्रालयले जनाएको हो ।

पछिल्लो २४ घण्टामा कोरोना संक्रमणमुक्त हुनेको संख्या ५१ रहेको छ । शनिबारसम्म नेपालमा कोरोना भाइरसको सक्रिय संक्रमितको संख्या १३८५ पुगेको छ ।