१३ बैशाख २०८१, बिहीबार 1714053242
खेलकुद

आईसीसी पुरुष विश्वकप लिग टूः आज नामिबियाको सामना गर्दै नेपाल

काठमाडौं । आईसीसी पुरुष विश्वकप लिग टू अन्तर्गतको त्रिकोणात्मक सिरिजका लागि स्कटल्यान्डमा रहेको नेपालले आज तेस्रो खेलमा नामिबियाको सामना गर्दैछ । नेपाल र नामिबियाबीचको खेल नेपाली समय अनुसार दिउँसो ३:१५ बजे सुरु हुनेछ ।

सिरिजको पहिलो भेटमा नेपाल नामिबियासँग ४० रनले पराजित भएको थियो । नेपाल आज पहिलो भेटमा व्यहोरेको हारको बदला लिन चाहन्छ ।

सिरिजको दोस्रो खेलमा भने नेपालले स्कटल्याण्डलाई ५ विकेटले हराएको थियो । यता, नामिबिया भने स्कटल्याण्डविरुद्ध दुई खेलमा पराजित भएको छ ।