१३ बैशाख २०८१, बिहीबार 1714058552
Banner

करारका कर्मचारी हटाइएपछि प्रदर्शन, दैलेखमा गोली चल्यो

काठमाडौं । दैलेखको गुराँस गाउँपालिकामा गोली चलेको छ । पालिकाले करार कर्मचारीलाई हटाएको विषयलाई लिएर गरिएको प्रदर्शन उग्र बनेपछि प्रहरीले गोली चलाएको हो । प्रहरीले चलाएको गोली लागेर तीन जना कर्मचारीहरु गम्भीर घाइते भएका छन्।

गुराँस गाउँपालिका १ मा कार्यरत कार्यालय सहायक बखत खत्रीसहित तीन जना घाइते भएको कर्मचारीले बताएका छन्।

घाइतेहरूलाई उपचारका लागि सुर्खेत ल्याउने तयारी भइरहेको छ ।