२०७९ मंसिर २४ शनिबार 1670672614
समाचार

इलाममा नेपाल वायुसेवा निगमले गर्‍यो परीक्षण उडान

इलाम । व्यावसायिक उडानको तयारी भइरहेको इलामको फाल्गुनन्द–सुकिलुम्बा विमानस्थलमा परीक्षण उडान गरिएको छ । धावनमार्ग कालोपत्रे भएको पाँच महिनापछि आज नेपाल वायु सेवा निगमको ट्विनअटर विमानले परीक्षण उडान गरेको हो ।

काठमाडौंबाट ९ः५ मा उडेको जहाज १०ः२ मा इलाम अवतरण गरेको थियो । पर्यटनमन्त्री प्रेम आलेको निर्देशनमा सफलतापूर्वक परीक्षण उडान सकिएकोले अब आवश्यक प्रक्रिया पूरा गरी नियमित उडान सुरू गर्ने निगमद्वारा जारी विज्ञप्तिमा जनाइएको छ ।

फाल्गुननन्द–सुकिलुम्बा विमानस्थलबाट ८ फागुनबाट व्यावसायिक उडान सुरू हुँदैछ ।