२५ माघ २०७९, बुधबार 1675887014
Banner

एम अधिकारी को हुन ? भन्नेलाई एमाले सचिव पद्मा अर्यालको जवाफ (भिडियो अन्तरवार्ता)

काठमाडौं । एम अधिकारी र राष्ट्र बैंकका गर्भनर महाप्रसाद अधिकारी एउटै व्यक्ति हुन कि फरक हुन भन्ने बिषय यतिवेला चर्चामा छ। सत्ता गठबन्धनले गर्भनर अधिकारी नै एम अधिकारी भएको दाबी गरिरहेको छ भने प्रमुख प्रतिपक्षी दल नेकपा एमालेले गर्भनर अधिकारी एम अधिकारी होइनन् भनेर स्पष्टीकरण पनि दिइसकेको छ । गठबन्धनका नेताहरुले एम अधिकारी महाप्रसाद अधिकारी भएकाले उहाँको राजिनामा माग गरेका छन् । यसै सन्दर्भमा एमाले सचिव एवं पुर्वमन्त्री पद्मा अर्यालले गठबन्धनले एम अधिकारीको मुद्धा उठाउनु भनेको बिषय मोडने संकेत भएको बताउनुभएको छ । सूचनाप्रेससँग विशेष कुराकानी गर्नुहुँदै उहाँले भन्नुभयो,–‘ अदालतको मुद्धा हो र हामीले व्यक्ति देखाउनुपर्ने ,सडकमा उठेका आवाजको मुख बन्द गर्नुपर्छ भन्ने केही छैन ।’ मनोनयन गर्ने संस्थाले एम अधिकारी विभागमा भएको व्यक्ति होइन भनेपछि यो बिषय किन उठिरहेको छ ? उहाँको प्रश्न थियो ।

सकिएको बिषय उठाइरहनुको पछिको कारण भनेको अर्थमन्त्रालयमार्फत बजेट निमार्णमा जुन बेथिती भयो त्यसको छानविन गर्ने समितिलाई तिरिमिरि झयाइ पार्ने षडयन्त्र भएको उहाँको तर्क थियो । बिषय बस्तु अन्त मोडनका लागि एमालेले होइन भनेपछि पनि खोतल्ने कार्य भइरहेको उहाँले बताउनुभयो । उहाँले व्यक्तिको अनुहार नै हेर्न मन हुनेले एमाले पार्टीको बैठकमा आएर हेर्न आग्रह गर्नुभयो ।‘ मान्छे चिन्नै मन भए अर्थ तथा योजना बिभागको बैठकमा आएर फोटो भिडियो खिचेर लैजानु’ सचिव पद्माले भन्नुभयो ।