७ बैशाख २०८१, शुक्रबार 1713567992
खेलकुद

फ्रान्स युरोकप महिला फुटबलको क्वाटरफाइनलमा प्रवेश

काठमाडौं । बेल्जीयमलाई हराउँदै फ्रान्स युरोकप महिला फुटबल च्याम्पियनसिपको क्वाटरफाइनलमा प्रवेश गरेकाे छ ।

इंग्ल्याण्डको रोथरह्याममा बिहिबार राति भएको समूह ‘डि’ को खेलमा फ्रान्सले बेल्जीयमलाई २–१ ले पराजित गरेकाे हाे । खेलमा फ्रान्सलाई विजयी गराउन कादिदियातु दियानी र एम्बोक बाथीले १–१ गोल गरेका थिए । बेल्जीयमको लागि जेनिस केम्यानले एक गोल फर्काइन् ।

बिहिबार राति भएको यही समूहको अर्को खेलमा इटालीले आइसल्याण्डसँग १–१ गोलको बराबरी खेलेको छ । बिहिबार रातिका खेलहरुपछि फ्रान्स दुई खेलबाट ६ अंक जोड्दै समूह विजेताको रुपमा क्वाटरफाइनलमा पुगेको हो । समान खेलबाट आइसल्याण्डको दुई अंक छ भने बेल्जीयम र इटालीको एक एक अंक छ । युरोकप फुटबलमा शुक्रबारबाट समूह चरणका अन्तिम खेलहरु हुनेछन् ।

समूह ‘ए’ का खेलहरुमा शुक्रबार अष्ट्रिया र नर्वे तथा इंग्ल्याण्ड र नर्दन आयरल्याण्ड भिड्ने भएका छन् ।