७ बैशाख २०८१, शुक्रबार 1713537712
Banner

श्रीलंका छोडेर भागेका राष्ट्रपति राजापाक्षले दिए राजीनामा, आज सभामुखले संसदलाई जानकारी गराउने

काठमाडौँ — मुलुक छोडेर भागेका श्रीलंकाका राष्ट्रपति गोटाबाया राजापक्षले बिहीबार राजीनामा दिएका छन् । मालदिभ्स हुँदै सिंगापुर पुगेका उनले उतैबाट सभामुखलाई ईमेलबाट राजीनामा पठाएका हुन् । श्रीलंकामा ज्यानको समेत जोखिम बढेपछि राष्ट्रपति राजापाक्ष मुलुक छोडेर भागेका थिए ।

उनको राजीनामाबारे शुक्रबार सभामुखले संसदलाई जानकारी गराउने बीबीसीले जनाएको छ । बीबीसीकाअनुसार राजापाक्षको राजीनामाको खबर आएपछि प्रदर्शनकारीहरुले श्रीलंकामा खुसीयाली मनाएका छन् । उनी भागेपछि प्रधानमन्त्री रनिल बिक्रमासिंघेले कार्यवहाक राष्ट्रपतिको रुपमा काम गर्दै आएका छन् ।