२५ माघ २०७९, बुधबार 1675875957
Banner

उपेन्द्र यादवले गरे बाबुराम भट्टराईलगायत ९ जनालाई पदमुक्त

काठमाडौं । जनता समाजवादी पार्टी (जसपा)ले संघीय परिषद्का अध्यक्ष बाबुराम भट्टराई लगायत ९ जनालाई पदमुक्त गरेको छ । जसपाको वीरगन्ज केन्द्रीय कमिटीको बैठकले ९ जनालाई पदमुक्त गर्ने निर्णय गरेको एक नेताले जानकारी दिए।

पदमुक्त हुनेमा बाबुराम भट्टराईसँगै हिसिला यमी, महेन्द्र यादव, दुर्गा शोप, प्रशान्त सिंह र गंगा श्रेष्ठ छन्।

त्यस्तै बैठकले रमेश यादव, भक्तबहादुर साह र दानबहादुर चौधरीलाई पदमुक्त गरेको हो। कारबाहीमा परेका ८ जना कार्यकारिणी सदस्य हुन्।

भट्टराईले मंगलबार र बुधबार दुई दिन काठमाडौंमा छुट्टै भेला बोलाएर आफुसँग बहुमत सदस्य रहेको दाबी गरेका थिए ।