७ बैशाख २०८१, शुक्रबार 1713506621
Banner

अध्यक्ष ओलीद्धारा काठमाडौका मेयर बालेनलाई तबला उपहार

काठमाडौं । नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले काठमाडौं महानगरपालिकाका मेयर बालेन साहलाई तबला उपहार दिनुभएको छ ।

हिजो साँझ अध्यक्ष ओलीसँग महानगरका विविध विषयमा कुरा गर्न साह बालकोट जानु भएको थियो । अध्यक्ष ओलीसँग साहले आफूले गर्न चाहेका केही दीर्घकालिन महत्वका कामहरु,देशको राजधानी सहरलाई सुन्दर र सफा बनाउन आफूले ल्याएका योजना आदिका बारेमा कुरा गर्नु भएको थियो । यसका लागि एमालेको पूर्ण साथ चाहिने बालेनले बताउनुभएको थियो । बालकोट स्रोतका अनुसार अध्यक्ष ओलीले महानगरले अघि सार्ने जनमैत्री काममा एमालेको सधैं साथ रहने र एमालेका जनप्रतिनिधीले सधैं साथ दिने बताउनुभएको थियो ।

अध्यक्ष ओलीले तबला उपहार दिएर पठाउनुभएको थियो । अध्यक्ष ओली र साहबीच करिब एक घण्टा छलफल भएको थियो ।