१३ बैशाख २०८१, बिहीबार 1714083007
Banner

उपसभामुखका लागि मनोनयन दर्ता आज

काठमाडौँ – प्रतिनिधि सभाले साढे दुई वर्ष पछि उपसभामुख पाउने भएको छ ।

लामो समयदेखि रिक्त उपसभामुखका लागि आज बिहान ११ बजेदेखि दिउँसो १ बजेसम्म मनोनयन दर्ताको कार्यतालिका छ ।

उम्मेदवारीको सूचनाको दर्ता क्रमानुसार सूची प्रकाशन आज दिउँसो साढे १ बजे हुनेछ । मतदान भोलि हुने संसद सचिवालयले जनाएको छ ।

तत्कालीन उपसभामुख शिवमाया तुम्बाहाङ्फेले ६ माघ ०७६ मा राजीनामा दिएपछि संसद्ले उपसभामुख पाएको छैन।

संविधानमा सभामुख र उपसभामुख फरक दल र लिंगको हुनुपर्ने प्रावधान छ।