६ बैशाख २०८१, बिहीबार 1713424179
Banner

काँग्रेस सचेतक पुष्पा भुसाललाई उपसभामुख बनाउने सहमति

काठमाडौं । सत्ता गठबन्धनमा काँग्रेस सचेतक पुष्पा भुसाललाई प्रतिनिधिसभाका उपसभामुख पदमा उम्मेदवार बनाउने सहमति भएको छ । सत्ता गठबन्धन दलहरुबीच काँग्रेसले उपसभामुख पाउने सहमति भएको हो ।

प्रतिनिधिसभाको उपसभामुख चयनका असार ३१ गते निर्वाचनको मिति तोकिएको छ । यसअघि पनि काँग्रेसले भुसाललाई उपसभामुखको उम्मेदवार बनाएको थियो भने उनी तत्कालीन नेकपाकी शिवमाया तुम्बाहाङ्फेसँग पराजित बनेकी थिइन् ।