१३ बैशाख २०८१, बिहीबार 1714027703
Banner

सरकारको बेरूजु ४ खर्ब ८३ अर्ब पुग्यो (पूर्णपाठ)

काठमाडौं । राष्ट्रपति विद्यादेवी भण्डारीसमक्ष महालेखापरीक्षक कार्यालयले वार्षिक प्रतिवेदन पेश गरेको छ । महालेखापरीक्षक टङ्कमणि शर्मा दंगालले आज शीतलनिवासस्थित राष्ट्रपतिको कार्यालयमा सो प्रतिवेदन हस्तान्तरण गरेका हुन् ।

राष्ट्रपति कार्यालयका प्रवक्ता सागर आचार्यका अनुसार संविधानको धारा २९४ को उपधारा (१) बमोजिम आर्थिक वर्ष २०७७–७८ को महालेखापरीक्षकको उनन्साठीऔं वार्षिक प्रतिवेदन राष्ट्रपतिसमक्ष दंगालले पेश गरेका हुन् ।

बेरूजु ४ खर्ब ८३ अर्ब पुग्यो
आर्थिक वर्ष २०७८्७९ मा एक खर्ब १५ अर्ब ५० करोड रुपैयाँ बेरुजु देखिएको छ । महालेखा परीक्षक कार्यालयले सार्वजनिक गरेको ५९औं वार्षिक प्रतिवेदनअनुसार यो वर्षमात्रै एक खर्ब १५ अर्ब ५० करोड रुपैयाँ बेरुजु देखिएको हो ।

हालसम्म बेरुजु ४ खर्ब ८३ अर्ब ५९ करोड ६४ लाख रुपैयाँ पुगेको छ । यस वर्ष एक खर्ब १५ अर्ब ५० करोड रुपैयाँ बेरुजु देखिएको छ । जुन अघिल्लो वर्षको तुलनामा १५.४६ प्रतिशतले बढी हो ।

५ हजार ६६५ वटा निकायको ४३ खर्ब ७७ अर्ब १७ करोड १६ लाख रुपैयाँको लेखापरीक्षण भएको छ । कारबाही टुंगो लगाउनुपर्ने बेरुजु नै ३ खर्ब ४५ अर्ब ५६ करोड ३ लाख रुपैयाँ छ ।