२५ माघ २०७९, बुधबार 1675874228
Banner

एम अधिकारी भनेको महाप्रसाद अधिकारी होइन : घनश्याम भूसाल

काठमाडौ- नेकपा एमाले स्थायी कमिटी सदस्य घनश्याम भूसालले एम अधिकारी भनेको महाप्रसाद अधिकारी नभएको स्पष्ट पार्नुभएको छ । भूसाल प्रमुख रहेको अर्थ तथा योजना विभागमा एम अधिकारीको नाम आएपछि हिजोदेखि गर्भनर महाप्रसाद अधिकारीको तिव्र आलोचना भइरहेको छ । भूसालले सार्वजनिक पद धारण गरेका व्यक्तिहरु पार्टी कमिटीमा रहने व्यवस्था नभएको उल्लेख गर्नुभएको छ ।

भूसालले सामाजिक सञ्जालमा लेख्दै गभर्नर महाप्रसाद अधिकारीले कुनै पार्टी राजनीतिमा आफ्नो संलग्नता नरहेको र उक्त व्यक्ति पनि आफू नभएको स्पष्ट पारिसक्नुभएको छ ।’

भूसालले थप लेख्नुभएको छ ‘दोस्रो, हाम्रा कमिटी र विभागहरुमा त्यस्ता सार्वजनिक पद धारण गरेका व्यक्तिहरु रहने वैधानिक व्यवस्था पनि नभएको कुरा जानकारी गराउन चाहन्छु ।’