२२ माघ २०७९, आईतवार 1675580426
Banner

उपसभामुख को निर्वाचन शुक्रबार हुने

काठमाडौँ – लामो समय देखी रिक्त रहेको प्रतिनिधिसभाका उपसभामुखको लागि निर्वाचनका लागि कार्यतालिका सार्वजनिक भएको छ ।

३१ असारमा उपसभामुख चयन हुने गरी सभामुख अग्निप्रसाद सापकोटाले उपसभामुख निर्वाचन कार्यतालिका सार्वजनिक गरेका हुन् ।

उपसभामुखका लागि ३० असारमा उपसभामुख निर्वाचित गरियोस् भन्ने प्रस्तावको सुचना दर्ता हुने, सोही दिन दिउँसो १ बजे उपसभामुखका लागि उम्मेदवारी दर्ताका लागि आव्हान गर्ने र ३१ असारमा बस्ने बैठकबाट उपसभामुख चयन गर्ने तालिका तय भएको छ ।

तत्कालीन उपसभामुख शिवमाया तुम्वाहाम्फेले राजीनामा दिए पछि झन्डै २ वर्ष देखी उपसभामुख खाली रहँदै आएको थियो ।