१४ बैशाख २०८१, शुक्रबार 1714141014
Banner

चिनिया कम्युनिष्ट पार्टीका विदेश विभाग प्रमुख लिउ द्धारा बूढानीलकण्ठ नगरपालिका अवलोकन

चिनियाँ कम्युनिष्ट पार्टीका विदेश विभाग प्रमुख लिउ चियान छाओले नेकपा एमाले बुढानिलकण्ठ नगर कमिटीको कार्यालयको अवलोकन भ्रमण गर्नुभएको छ ।

नेपालको ३ दिने भ्रमणमा रहनुभएका प्रमुख  लिउ सहितको टोलीले बुढानिलकण्ठ नगर कमिटी र वडा नं ८ का वारेमा जानकारी लिनुका साथै स्थानीय कमिटी परिचालन र संचालनका वारेमा छलफल समेत गरेको थियो ।

सो अवसरमा नेकपा एमालेका स्थायी कमिटी सदस्य तथा विदेस विभाग प्रमुख डा.राजन भट्टराई , प्रदेस कमिटी सदस्य तथा बुढानिलकण्ठ नगर प्रमुख मिठाराम अधिकारी ,जिल्ला कमिटी सदस्य तथा नगर उपप्रमुख अनिता लामा ,नगर कमिटीका अध्यक्ष प्रदिप डंगोल ,उपाध्यक्ष शम्भु भट्टराई ,सचिव श्रीकृष्ण श्रेष्ठ ,उपसचिव धोर्जे लामा र सुनिता गुरुङ सहित वडा नं १३ र ५ का सांस्कृतिक समुहले चिनिया टोलीलाई नगर तथा वडा कार्यालयमा स्वागत गरेका थिए।

नेपालका कम्युनिष्ट पार्टीका स्थानीय कमिटीहरुको अवस्था ,संचालन प्रक्रिया र सहभागिताका वारेमा जानकारी लिने चिनिया टोलीको तालिका अनुसार बुढानिलकण्ठ नगरपालिका वडा नं ८ मा रहेको कार्यालयमा अवलोकन भ्रमण गरिएको नगर कमिटीका अध्यक्ष प्रदिप डंगोलले बताउनुभयो ।