७ बैशाख २०८१, शुक्रबार 1713546513
पालिका

जोखिममा बेनी बजार

म्याग्दी- म्याग्दीको सदरमुकाम बेनी बजारबासी सधै बर्खा लाग्यो भने रातभरी निदाउन पाउँदैनन् । म्याग्दी र कालीगण्डकीको दोभानमा अवस्थित बेनीका दुवै नदीमा आउने बाढीले गर्ने कटानको जोखिम छ ।

एक हजार भन्दा बढी घर र सरकारी भवन भएको बेनी बजारमा सधैं बर्खामा कटान र बाढीको त्रास हुने गरेको छ ।

गत बर्खामा कालीगण्डकीमा आएको बाढीले कटान गरेर बेनीमा करिब १६० मिटर दुरिमा ग्यावीयन पर्खाल भत्काएको थियो ।

नदी नियन्त्रणको काम गर्दै आएको रुपाताल एकिकृत विकास संरक्षण परियोजनाले जोखिमयुक्त ठाउँमा कटान रोकथामको दिर्घकालिन संरचना बनाउन सकेको छैन् ।

स्थायी संरचना बनाउन ढिलाई भएकाले विकल्पमा ठुला ढुङ्गा थुपारेर बोलर स्किङ’ बनाउन थालिएको छ । बजार माथिको पाखोबाट आउने भलबाढी बेनीबासीका लागि अर्को टाउको दुखाइको विषय हो ।

नदी र बाढी नियन्त्रणका लागि सञ्चालित योजनाको समयमा काम नहुने र अधुरो हुदाँ कटान र बाढीको जोखिमले बजारबासीलाई चिन्तित बनाएको छ ।

नौ करोड ४५ लाख रुपैयाँमा परियोजनासँग ठेक्का सम्झौता गरेको रौताह–बिएनबी कन्ट्रक्सनले कालीपुलमा ८० मिटर पक्कि र मंगलाघाट स्थित म्याग्दी नदी किनारमा ४६ मिटर कम्पोटिल पर्खाल निर्माण गर्ने काम अन्तिम चरणमा पु¥याएको छ ।

गत बर्खाको बाढीले कटान गरेको ठाउँमा १६८ मिटर आरसिसी पर्खाल निर्माण गर्ने सम्झौता छ । तर काम भने अहिले सम्म पनी पूर्ण रुपमा काम हुन सकेको छैन ।