८ बैशाख २०८१, शनिबार 1713598502
Banner

सिपिसी विदेश विभाग प्रमुख लिउले आज एमाले अध्यक्ष ओलीलाई भेट्ने

काठमाडौं । चारदिने नेपाल भ्रमणमा रहनुभएका चिनियाँ कम्युनिष्ट पार्टी (सिपिसी)का विदेश विभाग प्रमुख लिउ जियान्चाओले आज नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीलाई भेट गर्ने कार्यक्रम तय भएको छ । एमाले अध्यक्ष ओलीसँग वालकोटमा लञ्च मिटिङ को तयारी भएको उहाँको सचिवालयले जनाएको छ ।

लिउले आइतबार प्रधानमन्त्री शेरबहादुर देउवा र परराष्ट्रमन्त्री डा.नारायण खड्कासँग भेट गर्नुभएको थियो भने सोमबार माओवादी अध्यक्ष प्रचण्डसँग भेट गर्नुभएको थियो । बुधबार राष्ट्रपति भण्डारीसँग भेट गरेपछि लिउ स्वदेश फर्किने कार्यक्रम छ ।