१२ बैशाख २०८१, बुधबार 1713950665
Banner

कोरोना संक्रमित बढ्दै, एकैदिन थपिए १२१ जना

काठमाडौं : नेपालमा थप १ सय २१ जनामा कोरोना संक्रमण पुष्टि भएको छ।

स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार पछिल्लो २४ घन्टामा देशभरबाट परिक्षण गरिएका १ हजार ७ सय नमूनाको पीसीआर  र १ हजार ३ सय ४५ नमूनाको एन्टिजेनमध्ये १२१ जनामा संक्रमण पुष्टि भएको हो।

मन्त्रालयका अनुसार पीसीआरबाट १०४ र एन्टिजेन विधिबाट १७ जनामा संक्रमण पुष्‍टि भएको हो।