१९ माघ २०७९, बिहीबार 1675319658
Banner

बुढीगंगा–६ मा एमालेका हेमराज जैशी विजयी

काठमाडौं । बाजुराको बुढीगंगा नगरपालिका–६ को वडाध्यक्षमा नेकपा (एमाले)का हेमराज जैशी विजयी भएका छन् ।

नेपाली कांग्रेसका उमेदवार बलबहादुर थापालाई ५९ मतले पछि पार्दै उनी विजयी भएका हुन् ।

विजयी जैशीले ४१२ मत ल्याए । उनका प्रतिस्पर्धी कांग्रेसका थापाले ३५३ मत ल्याए ।