१३ बैशाख २०८१, बिहीबार 1714088234
राजनीति

मुस्लिम समुदायको इद–उल–अजाह बकर–इद पर्वका अवसरमा एमाले अध्यक्ष ओलीको शुभकामना

काठमाडौ -नेकपा एमालका अध्यक्ष केपी शर्मा ओलीले विभिन्न समुदायका चाडपर्व र धर्म–संस्कृतिले राष्ट्रिय एकतालाई बलियो बनाएको बताउनुभएको छ । मुस्लिम समुदायको इद–उल–अजाह बकर–इद पर्वका अवसरमा शुभकामना सन्देश जारी गर्दै नेपाल बहुजातीय, बहुभाषिक, बहुधार्मिक, बहुसांस्कृतिक विशेषतायुक्त मुलुक हुनुका साथै धार्मिक सहिष्णुताको चेतनाका दृष्टिले नेपाली समाज उदाहरणीय रहेको छ भन्नुभयो ।

भातृत्व र पारिवारिक मिलनका साथै मानवीयताको पर्वका रूपमा मनाइने इद–उल–अजाहले राष्ट्रिय एकता, धार्मिक सहिष्णुता, सामाजिक सद्भाव र आपसी मित्रतालाई थप सुदृढ गर्ने अध्यक्ष ओलीद्वारा जारी विज्ञप्तिमा भनिएको छ ।
उहाँले विज्ञप्तिमा इस्लाम धर्मावलम्बीसहित स्वदेश तथा विदेशमा रहनुभएका सम्पूर्ण नेपालीमा सुख, शान्ति, समृद्धि एवं प्रगतिको शुभकामना व्यक्त गर्नुभएको छ ।