४ बैशाख २०८१, मंगलवार 1713285784
Banner

कांग्रेसको पदाधिकारी बैठक आज बस्र्दै

काठमाडौँ । नेपाली कांग्रेसको पदाधिकारी बैठक आज बस्र्दै छ । सोमबार बस्ने केन्द्रीय समितिको बैठकको तयारीका सन्दर्भमा छलफल गर्न सभापति देउवाले आइतबार दिउँसो १ बजे बस्ने गरी पदाधिकारी बैठक बोलाएका हुन् ।

बैठकमा केन्द्रीय कार्यसमितिका प्रस्ताव तय गर्ने र ती विषयमा पदाधिकारी तहमा सहमति जुटाउने प्रयास हुने एक नेताले बताए । बैठक सानेपास्थित केन्द्रीय कार्यालयमा बस्नेछ । बैठकमा भ्रातृ तथा शुभेच्छुक संस्थाको विधान पारित गर्ने तथा नयाँ संस्थाहरूलाई मान्यता प्रदान गर्ने एजेन्डासमेत रहेको छ ।

बैठकमा सभापति देउवासहित उपसभापति, महामन्त्री र सहमहामन्त्रीहरु सहभागी हुनेछन् । १४ औं महाधिवेशनपछि कांग्रेसले कोषाध्यक्ष भने मनोनीत गरेको छैन ।