२० बैशाख २०८१, बिहीबार 1714632253
Banner

सरकारी निवास कब्जा भएपछि श्रीलंकाका राष्ट्रपति भागे, प्रधानमन्त्रीले पनि दिए राजीनामा

काठमाडौं। श्रीलंकामा जारी विरोध प्रदर्शनबीच आन्दोलनकारीले राष्ट्रपति गोटाबाया राजापाक्षेको सरकारी निवास कब्जा गरेका छन् । कब्जा गरेलगत्तै राजापाक्षे राष्ट्रपति भवनबाट भागेका छन् ।

राजापाक्षे कहाँ छन् भन्नेबारे कसैलाई जानकारी छैन।यसैबीच प्रधानमन्त्री विक्रमासिङ्घेले पनि पदबाट राजीनामा दिएका छन् । उनले सामाजिक सञ्जालमार्फत यो जानकारी दिएका हुन् । आन्दोलनकारीले उनको निजी घरमा आगजनी गरेका छन् ।

राजीनामा दिनुअघि प्रधानमन्त्रीले आकस्मिक बैठक बोलाएका थिए । दशौं हजार प्रदर्शनकारीहरूले प्रदर्शनका लागि लगाइएको प्रतिवन्ध तोडेर राष्ट्रपति गोटबाया राजपाक्षको निवास र कार्यालयमा प्रवेश गरी नाराबाजी गरेका थिए । उनीहरूले वर्तमान् नेतृत्वले श्रीलङ्काको आर्थिक, इन्धन तथा अन्य क्षेत्रमा देखिएको सङ्कटको समाधान दिन नसकेको भन्दै नाराबाजी लगाएका थिए ।