७ बैशाख २०८१, शुक्रबार 1713574671
पालिका

बुढीगंगा ३ मा कांग्रेसलाई ३०९ मतले पछि पार्दै एमालेका अधिकारी विजयी

काठमाडौं । बाजुराको बुढीगंगा नगरपालिका ३ को वडाध्यक्षमा एमालेका खडकबहादुर अधिकारी विजयी भएका छन् । कांग्रेसका गोरखबहादुर रौलेलाई ३०९ मतले पछि पार्दै अधिकारी विजयी भएका हुन् । 

एमालेका अधिकारीले ५२८ ल्याए । उनका प्रतिद्वन्द्वी कांग्रेसका रौलेले २१९ मत मात्र ल्याए ।

एमालेले १० वडामध्ये पाँच वडामा जित निकालिसकेको छ । एमालेले वडा नम्बर १, २, ३, ९ र १० मा जित हासिल गरेको छ । कांग्रेसले वडा नम्बर ८ मा जित निकालेको छ ।