११ बैशाख २०८१, मंगलवार 1713913157
Banner

बुढीगंगामा ४,७६३ मत गणना : मेयरमा एमाले १,३६९ मतले अगाडि

काठमाडौं । बाजुराको बुढीगंगा नगरपालिकामा एमालेले अग्रता बढाउँदै लगेका छन् । अहिले वडा नम्बर ३ र ८ को मत गणना भइरहेको छ ।

पछिल्लो विवरणअनुसार ४,७६३ मत गणना हुँदा मेयरमा एमालेका रामबहादुर बानियाँले २,९२५ मत ल्याएका छन् । उनलाई पछ्याइरहेका कांग्रेसका रंगबहादुर खातीले १,५६९ मत मात्र ल्याएका छन् । उनीहरूबीच १,३६९ मतको फरक छ ।

उपमेयरमा एमालेकी मायाकुमारी खड्काले २,८६६ ल्याएकी छन् । कांग्रेसकी रिता शाहले १,६२३ मत ल्याएकी छन् । एमालेकी खड्का १,२४३ मतले अगाडि छन् ।

सुरुदेखि नै अग्रता लिएको एमालेले १० वडामध्ये चार वडामा जित निकालिसकेको छ । एमालेले वडा नम्बर १, २, ९ र १० मा जित हासिल गरेको हो ।