११ बैशाख २०८१, मंगलवार 1713918515
राजनीति

मेरो तलबबाट यम बुद्धको सालिक बनाउँछु : मेयर बालेन

काठमाडौँ- काठमाडौँ महानगरपालिकाका मेयर बालेन शाहले आफ्नो तलबबाट दिवङ्गत र्‍यापर यम बुद्धको सालिक बनाउने बताएका छन् ।

शनिबार दिउँसो फेसबुकमा स्ट्याटस लेख्दै बालेनले आफ्नो तलबबाट यम बुद्धको सालिक बनाउने घोषणा गरेका हुन् ।

उनले लेखेका छन्, ‘म मेरो तलबबाट यम बुद्धको सालिक बनाउँछु।’

काठमाडौँ महानगरपालिकाको बजेटबाट यम बुद्धको सालिक बनाउने घोषणा गरेपछि मेयर बालेनको चौतर्फी आलोचना भएको थियो ।