१३ बैशाख २०८१, बिहीबार 1714030891
शिक्षा /स्वास्थ्य

भारतमा थपिए १९ हजार कोरोना संक्रमति

नयाँ दिल्ली – भारतमा कोरोना भाइरसबाट थप १९ हजार कोरोना संक्रमित थपिएका छन् ।

सरकारी अधिकारीहरूले शनिबार दिएको जानकारी अनुसार थप १८ हजार ८४० जना कोरोना भाइरसबाट संक्रमित भएका हुन् ।

योसँगै भारतमा अहिलेसम्म कुल संक्रमितको संख्या चार करोड ३६ लाख चार हजार ३९४ पुगेको संघीय स्वास्थ्य मन्त्रालयले जनाएको छ ।

पछिल्लो एक दिनमा देशभर कुल चार लाख ५४ हजार ७७८ जनाको कोरोना परीक्षण गरिएको पनि मन्त्रालयका अधिकारीहरूले जनाएका छन् ।

भारतमा पछिल्लो समयमा सक्रिय संक्रमितहरूको संख्यामा पनि वृद्धि भएको देखिएको मन्त्रालयले जनाएको छ । पछिल्लो ४ महिनामा अहिले सबैभन्दा धेरै देखिएका हुन्।

सोही अवधिमा कोरोना भाइरसका कारण भारतमा थप ४३ जनाको मृत्यु भएको छ । योसँगै कुल मृतकको संख्या पाँच लाख २५ हजार ३४६ पुगेको छ ।