८ बैशाख २०८१, शनिबार 1713618010
राजनीति

माओवादीको पोलिटब्यूरो गण्डकीका २१ जना मनोनीत

पोखरा – नेकपा माओवादी केन्द्रको पोलिटब्यूरो सदस्यमा गण्डकी प्रदेशबाट २१ जना मनोनीत भएका छन् । १२५ जनाको पोलिटब्यूरोमा गण्डकीका २१ जना परेका हुन् ।

वरिष्ठ नेता नारायणकाजी श्रेष्ठ, नेताहरू देवप्रसाद गुरुङ, देवेन्द्र पौडेल, हितराज पाण्डे, हरिराज अधिकारी, यशोदा गुरुङको नाम पोलिटब्यूरोमा छ । यस्तै, श्रीराम ढकाल, सुरेश आले, अमृता थापा, देवेन्द्र पराजुली, लेखनाथ न्यौपाने, हरिबहादुर चुमान, कृष्ण धिताल पनि समेटिएका छन् ।

राजकाजी गुरुङ, अमर तमु, परशुराम रम्तेल, सुशीला सिंखडा, बलावती शर्मा, चूडामणि खड्का, किसान शर्मा र कपिल लामा पोलिटब्यूरो बनेका हुन् । तीमध्ये अधिकांश गोरखाका छन् । ९ जना गोरखा जिल्लाबाट मात्रै समावेश गरिएका छन् ।

गएको स्थानीय निर्वाचनमा माओवादीले गोरखामा पुरानो विरासत फर्काएको छ । ११ स्थानीय तह मध्ये ९ पालिकामा चुनाव जितेको हो। गण्डकीका ८५ मध्ये ११ पालिकामा प्रमुख र १९ पालिकामा उपप्रमुख चुनाव जितेको छ ।