१२ बैशाख २०८१, बुधबार 1713996012
पालिका

‘रोजगार सहायक पद’मा जागिर खुल्यो

काठमाडौँ – प्रधानमन्त्री रोजगार कार्यक्रमले सबै स्थानीय तहमा रिक्त ‘रोजगार सहायक पद’मा पदपूर्तिका लागि दरखास्त आह्वान गरेको छ।

कार्यक्रमले आज एक सुचना जारी गर्दै ७ सय ५३ वटै पालिकाका रोजगार सेवा केन्द्रमा रिक्त पदका लागि दरखास्त आह्वान गरेको हो ।

सुचनाअनुसार स्थानीय सेवाको सहायक पाँचौँ तहमा योग्यता पुगेका नेपाली नागरिकले १५ दिनभित्र निवेदन दिन सक्नेछन् ।

दरखास्त दिने अन्तिम मिति साउन ८ गतेसम्म तोकिएको छ ।