२०७९ आश्विन १५ शनिबार 1664682509
Banner

बुढीगंगामा २,९३७ मतगणना हुँदा एमाले ७०० मतले अगाडि

काठमाडौं । बाजुराको बुढीगंगा नगरपालिकामा जारी मतगणनामा एमालेले अग्रता बढाउँदै लगेको छ ।

२,९३७ मतगणना हुँदा मेयरमा एमालेका रामबहादुर बानियाँले १,७३२ मत ल्याएका छन् । उनलाई पछ्याइरहेका कांग्रेसका रंगबहादुर खातीले १,०३० मत ल्याएका छन् ।

उपमेयरमा एमालेकी मायाकुमारी खड्काले १,६८७ ल्याएकी छन् । कांग्रेसकी रिता शाहीले १,०६७ मत ल्याएकी छन् ।

वडा नम्बर १ र १० मतगणना सम्पन्न भइसकेको छ । दुवै वडामा एमाले विजयी भएको छ । अहिले २ र ९ नम्बर वडाको मतगणना भइरहेको छ ।