१२ बैशाख २०८१, बुधबार 1713943370
विश्व

आवेआबद्ध संगठनविरुद्ध संदिग्धको गुनासो : जापान प्रहरी

टोकियो – जापानका पूर्वप्रधानमन्त्री सिन्जो आबेको हत्याको अनुसन्धान गरिरहेको प्रहरीले संदिग्ध व्यक्तिले आवे आबद्ध ‘विशेष संगठन’ विरुद्ध गुनासो गरेको जनाएको छ ।

४१ वर्षीय आक्रमणकारी तेत्सुया यामागामीले आवेलाई उक्त समूहको सदस्य भएको विश्वासमा आक्रमण गरेको बताएका छन् । तर, समूहको नाम बताइएको छैन ।

शुक्रबार बिहान एक राजनीतिक प्रचार कार्यक्रममा बोल्ने क्रममा आवेमाथि गोली प्रहार भएको थियो । उनको अस्पतालमा उपचारका क्रममा मृत्यु भएको थियो ।

आफूले घरेलु बन्दुकले गोली हानेको आक्रमणकारीले स्वीकार गरेको प्रहरीले जनाएको छ । आवे जापानको सबैभन्दा लामो समय सेवा गर्ने प्रधानमन्त्री थिए ।