१२ बैशाख २०८१, बुधबार 1713979492
Banner

स्थानीय तहको निर्वाचन वैशाख ३० गते गर्ने निर्णय

सरकारले स्थानीय तहको निर्वाचन आगामी वैशाख ३० गते गर्ने निर्णय गरेको छ ।

आज बसेको मन्त्रिपरिषद्को बैठकले सो निर्णय गरेको बैठकपछि सरकारका प्रवक्ता तथा सञ्चार तथा सूचना प्रविधिमन्त्री ज्ञानेन्द्रबहादुर कार्कीले बताउनुभयाे । यसअघि निर्वाचन आयोगले जेठ ४ गतेका लागि निर्वाचनको मिति घोषणा गर्न सुझाव दिएको थियो ।

यसअघि तीन चरणमा भएको निर्वाचनमा निर्वाचित पदाधिकारीहरुको समयावधि जेठ ५ गते सकिँदै छ ।