१२ बैशाख २०८१, बुधबार 1713981361
राजनीति

प्रधानसेनापतिसँग भारतीय राजदूतको भेटवार्ता

काठमान्डौ: प्रधानसेनापति प्रभुराम शर्मासँग मित्रराष्ट्र भारतका राजदूत नवीन श्रीवास्तवबीच आज जङ्गी अड्डामा भेटवार्ता गर्नुभएको छ ।

उक्त भेटघाटमा दुई पक्षीय आपसी हित तथा पारस्परिक सम्बन्धका विषयमा छलफल भएको नेपाली सेनाको सैनिक जनसम्पर्क तथा सूचना निर्देशनालयले जनाएको छ ।

नेपाली सेनाले यस्ता भेटघाटले दुई देशबीच रही आएको आपसी सम्बन्धलाई थप सुमधुर एवं प्रगाढ बनाउन मद्दत पुग्ने विश्वास लिएको जनाएको छ ।