१३ बैशाख २०८१, बिहीबार 1714084789
Banner

चुनाव घोषणा हुनु स्वागतयोग्य : विष्णु पौडेल

काठमाडौं – नेकपा एमालेका उपाध्यक्ष विष्णु पौडेलले सरकारले निर्वाचनको मिति घोषणा गर्नुलाई एमालेले सकरात्मक र स्वागतयोग्य रुपमा लिएको बताउनुभयो ।

उपाध्यक्ष पौडेलले तोकिएको मितिमा स्वतन्त्र र त्रासरहित वातावरणमा चुनाव गराउन सरकारलाई आग्रह पनि गर्नुभयो ।

‘चुनाव संवैधानिक कानुनी दृष्टिकोणले पनि, लोकतन्त्रको मर्मको दृष्टिकोणलेचुनाव अपरिहार्य थियो । चुनावको घोषणा गर्ने परिस्थिति निर्माण गर्नका लागि अलिकति मेहनत गर्नुपर्‍यो,’ पौडेलले भन्नुभयो, ‘चुनावको घोषणा हुनु स्वागतयोग्य र सकरात्मक कुरा हो । अब तोकिएको समयमा स्वतन्त्र निष्पक्ष र त्रासरहित ढंगले निर्वाचन सम्पन्न गरेर जनताका वास्तविक प्रतिनिधिलाई स्थानीय सरकारको नेतृत्व सुम्पिने काम सम्पन्न गर्नुपर्छ ।’