७ बैशाख २०८१, शुक्रबार 1713590522
समाचार

कुकुर टोकाइबाट लेखापालको मृत्यु

बैतडी । बैतडीको सिगास गाउँपालिका ७ मा कुकुरको टोकाइबाट विद्यालयमा कार्यरत लेखापालको मृत्यु भएको छ ।

वाड नं ७ का बालकृष्ण माविका लेखापाल ३६ वर्षीय नरेन्द्र बहादुर साउँदको कुकुरको टोकाइबाट मृत्यु भएको हो ।

उनलाई तीन महिना पहिले कुकुरले टोकेको थियो । स्वास्थ्य अवस्था बिग्रदै गएपछि गत मंगलबार उपचारका लागि अस्पताल लगिएको हो ।

चेकजाँचका क्रममा रेबिज पुष्टि भएको र उपचारकै क्रममा मृत्यु भएको हो ।