१४ बैशाख २०८१, शुक्रबार 1714142562
समाचार

स्वास्थ्यमन्त्री खापुङद्वारा राज्यमन्त्री केसीलाई अधिकार प्रत्यायोजन

काठमान्डौ: स्वास्थ्य तथा जनसङ्ख्यामन्त्री भवानीप्रसाद खापुङले स्वास्थ्य राज्यमन्त्री हीराचन्द्र केसीलाई आफ्नो केही अधिकार प्रत्यायोजन गर्नुभएको छ ।

मन्त्री खापुङले आफ्नो क्षेत्राधिकारभित्र पर्ने काम कारवाही प्रचलित नेपाल कानून, नीति, नियमको अधीनमा रही सम्पादन गर्नेगरी नेपाल सरकार (कार्यसम्पादन) नियमावली–२०६४ को परिच्छेद २ को नियम ५ को उपनियम ९१० बमोजिम राज्यमन्त्री केसीलाई अधिकार प्रत्यायोेजन गर्नुभएको हो ।

मन्त्री खापुङले राज्यमन्त्री केसीलाई मन्त्रालय वा अन्तर्गत निकाय वा सोअन्तर्गत रहेका परिषद्, विभाग, अस्पताल, प्रतिष्ठान, बोर्ड, केन्द्र र आयोजनालगायतका सम्पूर्ण कामको अनुगमन तथा समन्वय गर्ने र नीतिगत सुधारका लागि विषयमा रायसहित पर्नेरगर्ने, विशिष्टीकृत अस्पतालको सेवा प्रवाहको अनुगमन गर्ने, नीतिगत सुधारका लागि निर्देशन दिने विषयमा रायसहित पेश गर्ने कामको अधिकार प्रत्यायोजन गर्नुभएको छ ।

यस्तै विशिष्टीकृत अस्पतालको न्यूनतम सेवा मापदण्डसम्बन्धी विस्तृत योजना तर्जुमा आवश्यक समन्वय र सोको कार्यान्वयनको अनुगमन गर्ने, राप्ती स्वास्थ्य विज्ञान प्रतिष्ठानको सहकुलपतिको हैसियतले कामकाज गर्ने र कामको प्रतिवेदन पेश गर्ने राज्यमन्त्री केसीलाई अधिकार प्रत्यायोजन गर्नुभएको छ ।

मन्त्री खापुङले आवश्यक ठानी पेश गर्न लगाएका काम र राज्यमन्त्री केसी आफूले देखेका विषय पनि पेश गर्न अधिकार प्रत्यायोजन गर्नुभएको छ । खापुङ यसअघि स्वास्थ्यराज्यमन्त्री रहनुभएको थियो ।