१४ बैशाख २०८१, शुक्रबार 1714119640
Banner

कडा सुरक्षाबीच बुढीगंगामा मतदान जारी

बाजुरा : बाजुराको बुढीगंगा नगरपालिकाका १० वटै वडाका १० मतदानस्थल तथा १९ मतदान केन्द्रमा पुन: मतदान सुरु भएको छ । सबै मतदानस्थलमा सुरक्षा व्यवस्था अत्यन्तै कडा पारिएको छ ।


सेना, सशस्त्र, नेपाल प्रहरी र राष्ट्रिय अनुसन्धानसहितका करिब १ हजार २ सय सुरक्षाकर्मी परिचालन गरिएको छ ।
यसअघि गत वैशाख ३० को मतदानका क्रममा सुरक्षा व्यवस्था फितलो भएकाले निष्पक्ष र स्वतन्त्र मतदान हुन नसकेपछि निर्वाचन आयोगले पुनः मतदानको निर्णय गरेको थियो ।

यसअघिको मतदानका क्रममा १० मध्ये ६ वटा मतदानस्थलमा एमाले र कांग्रेस कार्यकर्ताहरूले बुथ कब्जा गरेपछि मतदान रोकिएको थियो । बेलामा चुनाव हुन नपाउँदा बुढीगंगाले जनप्रतिनिधि चयन र बजेट ल्याउन पछि परिसकेको छ ।