१२ बैशाख २०८१, बुधबार 1713976636
Banner

बाजुराको बुढीगंगा नगरपालिकामा आज स्थानीय चुनाव हुँर्दै

काठमाडौं । बाजुराको बुढीगंगा नगरपालिकामा आज स्थानीय तहको चुनाब हुँर्दैछ ।

यहाँ वैशाख ३० मा स्थानीय चुनाव भए पनि बुथ कब्जा भएको भन्दै निर्वाचन आयोगले पुनः निर्वाचनको घोषणा गरेको थियो। मतदानका लागि सुरक्षा व्यवस्था कडा गरिएको छ । वैशाखको चुनावमा सुरक्षा व्यवस्था फितलो भएको भन्दै आजको निर्वाचनमा कडा गरिएको हो । समयमा चुनाव गर्न नसक्दा बजेट ल्याउने कार्यमा बुढीगंगा नगरपालिकामा पछि परेको छ ।

बाजुरामा मेयर पदमा नेपाली कांग्रेसका रंगबहादुर खाती र नेकपा एमालेका रामबहादुर बानियाँ उम्मेदवार थिए। उपप्रमुखमा भने एमालेकी मायाकुमारी खड्का र कांग्रेसकी रिता शाही शाह उम्मेदवार थिए।