१३ बैशाख २०८१, बिहीबार 1714074561
अर्थ

१ हजार ६ सय रुपैयाँले घट्यो सुनको मूल्य

काठमाडौँ : बुधबार एकै दिन सुनको मूल्य प्रतितोला १ हजार ६ सय रुपैयाँले घटेको छ । नेपाल सुनचाँदी व्यवसायी महासंघले बुधबारका लागि सुनको मूल्य प्रतितोला ९६ हजार रुपैयाँ तोकेको छ ।

मंगलबार प्रतितोला ९७ हजार ६ सय रुपैयाँमा सुनको कारोबार भएको थियो ।

गत फागुन २५ गते सुनको मूल्य अहिलेसम्मकै उच्च १ लाख ५ हजार ५ सय रुपैयाँ पुगेको थियो । त्यसयता क्रमिक रुपमा सुनको मूल्य ओरालो लाग्दै आएको छ । त्यस्तै चाँदीको मूल्य प्रतितोला ३० रुपैयाँ घटेको छ । मंगलबार प्रतितोला १२०५ रुपैयाँमा कारोबार भएकोमा चाँदी बुधबार ११७५ मा घटेको छ । चाँदीको मूल्य गत फागुन २५ गते सबैभन्दा बढी १४५० रुपैयाँसम्म पुगेकाे थियाे ।