४ बैशाख २०८१, मंगलवार 1713261104
राजनीति

२ अर्ब २० करोड खर्च २०७४को निर्वाचन भन्दा यस वर्षको निर्वाचनमा बढ्ने आयोगको अनुमान

काठमाडौ: निर्वाचन आयोगले आगामी प्रदेशसभा र प्रतिनिधिसभा सदस्य निर्वाचन गर्न १० अर्ब रुपैयाँ खर्च हुने प्रारम्भिक अनुमान गरेको छ ।
मौजुदा प्रदेशसभा र प्रतिनिधिसभा सदस्यको समयावधि आगामी मंसिर २२ मा समाप्त हुँदैछ । आयोगले यसअघि नै प्रदेशसभा र प्रतिनिधिसभा सदस्यको निर्वाचन गर्नुपर्ने बताउँदै मंसिर २ को मिति सरकारसमक्ष सिफारिस गरिसकेको छ ।

प्रमुख निर्वाचन आयुक्त दिनेशकुमार थपलियाको टोलीले बुधबार प्रधानमन्त्री शेरबहादुर देउवालाई भेटेर मंसिर २ मा प्रदेशसभा र प्रतिनिधिसभा सदस्य निर्वाचन एकै चरणमा गर्न मिति सिफारिस गरेको हो ।