२०७९ आश्विन १६ आईतवार 1664773879
विश्व

भारतमा कोभिडबाट मृत्यु हुने पाँच लाखभन्दा बढी

कोभिडबाट भारतमा मृत्यु हुनेको सङ्ख्या पाँच लाख नाघेको छ । शनिबार भारतको केन्द्रीय स्वास्थ्य मन्त्रालयले सो कुराको जानकारी दिएको हो । सो मन्त्रालयका अनुसार भारतमा कोभिडबाट मृत्यु हुनेको सङ्ख्या शनिबार पाँच लाख १ हजार ११४ जना पुगेको हो ।

सो मन्त्रालयले शनिबार यहाँ कोभिडबाट १ हजार ५९ जनाको ज्यान गएको पनि बताएको छ । यहाँ केही हप्ता यता सङ्क्रमणको सङ्ख्यामा कमी आए पनि मृत्यु भने घटेको छैन । शनिबार मात्र त्योभन्दा अघिको २४ घण्टामा १ लाख २७ हजार जनामा कोभिडको सङ्क्रमण पाइएको पनि सो समाचरमा जनाइएको छ ।

यहाँका अधिकारीहरुले अहिलेसम्म भारतमा कोभिड १९ बाट ४ करोड २० हजारभन्दा बढी मानिस सङ्क्रमित भएका थिए । भारतमा पछिल्ला समयमा ओमिक्रोनको सङ्क्रमण बढेको हो । तर यहाँ यसअघिको दोस्रो वेभमा डेल्टा भाइरसको सङ्क्रमणका समयमा भन्दा बढी खतरनाक अवस्था भने छैन ।