२०७९ मंसिर १५ बिहीबार 1669933555
खेलकुद

अफ्रिका कपको फाइनल आज, चर्चा सलाह र मानेको

अफ्रिकी कप अफ नेसन्सको उपाधिका लागि आज (आइतबार) राति सेनेगल र इजिप्ट एक अर्काविरुद्ध मैदान उत्रदै छन् ।

दुबै मुलुक एकआपसमा उपाधिका लागि मैदान उत्रदा चर्चा भने इंग्लिस क्लब लिभरपुलको भइरहेको छ । लिभरपुलका स्ट्राइकरद्वय मोहम्मद सलाह र साडियो माने फाइनलमा एकअर्काका प्रतिद्वान्दीको रुपमा छन् ।

सात पटकको च्याम्पियन इजिप्ट प्रतियोगिताको सर्वाधिक सफल टोली हो भने सेनेगल साविक उपविजेता हाे । सेनेगल पछिल्लो संस्करणको फाइनलमा अल्जेरियासँग १-० ले पराजित भएको थियो ।

ओलम्बे स्टेडियममा हुने खेल नेपाली समयअनुसार पौने १ बजेदेखि सुरु हुनेछ । सेनेगलले सन् २००२ र २०१९ मा दुई पटक फाइनलमा हार बेहोरेको थियो । यता, इजिप्ट सन् २०१० पछि दोस्रो पटक उपाधि उचाल्न चाहन्छ ।

लिभरपुलबाट आफ्नो उत्कृष्ट लयलाई निरन्तरता दिइरहेका माने र सलाह सन् २०१८/१९ को च्याम्पियन्स लिगको उपाधि जित्दा टोलीका महत्वपूर्ण खेलाडी थिए । दुबै टोली हाल लिभरपुलका प्रमुख खेलाडीसमेत हुन् ।

यसअघि अन्तिम चारको खेलमा सेनेगलले बुर्किना फासो र इजिप्टले क्यामरुनलाई पराजित गरेको थियो ।