८ बैशाख २०८१, शनिबार 1713611501
Banner

श्रीलङ्कामा एक दिनलाई मात्र पुग्ने इन्धन बाँकी 

कोलम्बो । श्रीलङ्कामा एक दिनलाई पुग्ने इन्धन बाँकी रहेको बताइएको छ । 

देशमा आर्थिक सङ्कट गहिरिएसँगै छ ऊर्जा मन्त्रीले उक्त जानकारी दिनुभएको हो ।  तेल अभावले सार्वजनिक यातायात ठप्प छ । 

राजधानीमा पेट्रोल र डिजेल भर्ने सवारी साधनको लामो लाइन छ । यद्यपि, अधिकांश पम्पिङ स्टेसन केही दिनदेखि इन्धनविहीन छन् । ऊर्जा मन्त्री कञ्चना विजेसेखेराले मुलुकमा करिब ४ हजार टन पेट्रोलको भण्डार रहेको र त्यो एक दिनको खपतभन्दा केही कमी भएको बताउनुभयो ।

अर्को पेट्रोल ढुवानी २२ र २३ जुलाईको बीचमा हुने उहाँले अपेक्षा गर्नुभएको छ। टाट पल्टिएको श्रीलङ्काले आपत्कालीन अवस्थामा बाहेक सबै इन्धन बिक्रीमा दुई हप्ताको लागि रोक लगाएको थियो ।एजेन्सी