२०७९ मंसिर १५ बिहीबार 1669936675
कला/साहित्य

गायिका लता मंगेशकरको निधनले राष्ट्रपति भण्डारी दुःखी

भारतकी सुप्रसिद्ध गायिक लता मंगेशकरको निधनमा राष्ट्रपति बिद्यादेवी भण्डारीले शोक व्यक्त गर्नुभएको छ ।
९२ बर्षको उमेरमा आजै निधन हुनुभएकी विश्वप्रसिद्ध गायिक मंगेशकरले नेपाली गीत संगितको क्षेत्रमा दिएको योगदानको स्मरण गर्दै शोक प्रकट गर्नुभएको हो ।

‘धेरै नेपाली गीतलाई समेत आफ्नो सुमधुर आवाजले सजाउनु भएकी भारतकी प्रख्यात गायिका लता मङ्गेशकरको निधनको खबरले मलाई दुखी बनाएको छ,’ सामाजिक सञ्जालमार्फत राष्ट्रपति बिद्यादेवी भण्डारीले भन्नुभएको छ, ‘असाधारण प्रतिभाकी धनी दिवंगत लता मङ्गेशकरप्रति भावपूर्ण श्रद्धाञ्जली अर्पण गर्दछु ।’ झन्डै ३० हजार भन्दा बढी गीत गाएको रेकर्डसमेत कायम गर्नुभएकी मंगेशकर प्रति भारत सरकारले २ दिने शोकको घोषणासमेत गरेको छ ।