७ बैशाख २०८१, शुक्रबार 1713579752
कला/साहित्य

‘अनुभवका अनुभूति’ लोकार्पण

सर्जक इन्द्र श्रेष्ठको संस्मरणात्मक कृति ‘अनुभवका अनुभूति’ सार्वजनिक गरिएको छ । विद्यामन्दिर पुस्तकालयद्वारा आयोजित कार्यक्रममा दीअ प्रकाशनद्वारा प्रकाशित उक्त कृति आज बागलुङ नगरपालिकाका प्रमुख वसन्तकुमार श्रेष्ठले लाकार्पण गर्दै भाषा र साहित्यको विकासमा श्रेष्ठको कृतिले टेवा पुग्ने धारणा व्यक्त गर्नुभयो ।

उक्त पुस्तकमाथि टिप्पणी गर्दै धवलागिरि बहुमुखी क्याम्पसका उपप्राध्यापक हरिप्रसाद पाण्डेयले कृतिमा रचनाकारको जीवनका घटना प्रतिबिम्वित भएको बताउनुभयो । लेखिका श्रेष्ठले आफ्नो जीवन भोगाइका विविध पाटालाई संस्मरण, अनुभूतिपरक लेख र कविताका माध्यमबाट पुस्तकमा अभिव्यक्त गरिएको जानकारी दिनुभयो । बागलुङकी सफल महिला उद्यमीमा रुपमा चर्चित श्रेष्ठले हस्तकला व्यवसाय सुरु गर्दाका अनुभवलाई पनि पुस्तकमा समेट्नुभएको छ । सो कृतिमा उहाँका कविता र गीत पनि समावेश छन् ।