५ जेष्ठ २०८१, शनिबार 1716025602
Banner

पाँचथर पहिरोमा हराइरहेका तीनैजनाको शव भेटियो

पाँचथर- पाँचथरको फालेलुङमा पहिरोमा बेपत्ता भएका तीनै जनाको शव भेटिएको छ ।
पहिरोमा बेपत्ता भएका ४२ वर्षीय रुपलाल मगर, उहाँकी श्रीमती ३८ वर्षीया गोमा र १९ वर्षीया भतिजी एलिसाको शव फेला परेको वडा(७ का वडाअध्यक्ष शेरबहादुर केरुङले जानकारी दिनुभयो

गएराति गएको पहिरोले फालेलुङ गाउँपालिका–७ विहीदिनका रुपलाल मगरको घर बगाएको थियो । घर बगाउँदा रुपलालका काका ७१ वर्षीय दलप्रसाद मगर भने उछिट्टिएर बाँच्न सफल हुनुभएको थियो । पहिरोले ढुङ्गा, माटोले बनेको घर तथा गोठ बगाएको जिल्ला प्रहरी कार्यालय पाँचथरले जनाएको छ ।